एमालेको १० औं महाधिवेशनमा नयाँ सदस्यले भाग लिन नपाउने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन कात्तिक ६ गते देशभर सुरु हुने भएको छ ।

मंसिरमा हुने केन्द्रीय महाधिवेशन अगाडि एमालेले कार्तिक ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरिसक्ने तयारी गरेको छ ।

अध्यक्ष केपी ओलीले ६ कात्तिकमा भर्चुृअल रुपमा वडा तहको अधिवशेनको उद्घाटन गर्ने भएका छन् ।

यस्तै वडा अधिवेशन सम्पन्न भएको एक सातापछि पालिका स्तरको अधिवेशन गर्ने तयारी भएको नेता लालबावु पण्डितले जानकारी दिएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकतापछि नियमित अधिवेशन हुन सकेको थिएन ।

७५३ स्थानीय तहमा कात्तिकको दोस्रो साता अधिवेशन हुनेछ । जिल्ला र प्रदेश अधिवेशन भने महाधिवेशनपछि मात्र हुने भएको छ ।

एमालेमा वडा र पालिका तहबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरू चुन्न अधिवेशन हुन लागेको हो ।

नेता पण्डितका अनुसार महाधिवेशन अघि सबै तहको अधिवेशन सम्पन्न गर्न समय अपुग हुनेछ । त्यसैले तत्काल वडा र पालिका तहको मात्रै अधिवशेन हुन लागेको हो ।

‘कात्तिक दोस्रो सातासम्म अधिवेशन र नेतृत्व चयन प्रकृयाबारे केन्द्रीय कमिटीले मापदण्ड तय गर्नेछ, उनले भने, ‘बाँकी प्रदेश र जिल्लाको हकमा महाधिवेशनपछि मात्र निर्णय हुनेछ ।’

यस्तै नेता पण्डितले देशभर नयाँ संगठित सदस्यताको नवीकरण नभएकाले १० औं महाधिवेशनमा पुरानै संगठित सदस्यहरुलेमात्र भाग लिन पाउने जानकारी दिए ।

महाधिवेशन सम्पन्न भएसंगै एमालेको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने नेता पण्डितले जानकारी दिए ।

एमालेले १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा प्रथम विधान महाधिवेशन गरेको थियो । १० औं महाधिवेशन आगामी १० देखि १३ मंसिरमा बुटवलमा हुँदैछ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५