दैलेख : दैलेखको महाबु गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको पाइपलाइन बिछ्याउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
भीरालो ठाउँमा खनिएको पाइपलाइनमा पाइप बिच्छ्याउने क्रममा लडेर स्थानीय ६३ बर्षीय सुर्यबहादुर शाहीको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।
प्रहरी निरीक्षक सुनारका अनुसार पाइप बिच्छ्याउने क्रममा लडेर घाइते भएका शाहीलाई उपचारका लागि दैलेख सदरमुकाम स्थित दैलेख अस्पतालमा ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १४ चैत्र २०७८, सोमबार २०:२६