सुर्खेत : कर्णाली प्रदेश सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले कर्णालीमा स्रोत कम र माग बढी भएको बताएका छन् । शनिवार सुर्खेतको शुभ होटेलमा भएको एक कार्यक्रम मन्त्री बि.सी.ले यस्तो बताएका हुन् ।प्रदेश सरकारले, गर्नु पर्ने काम कर्तव्य धेरै छन्, । तर स्रोतसाधन कम छन्, भौगोलिक विकटताका कारण माग बढी भएको मन्त्री बि.सी.को भनाइ छ ।
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय तथा प्रदेश वन निर्देशनालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री बिसीले भावी दिनमा कार्य योजना बनाएर अघि बढ्ने, र मन्त्रालयको सिङ्गो कर्मचारी आफू सहित मिलेर बाकी रहेका अधुराकामहरु गर्न लागी पर्ने बताएका छन् ।
उक्त समीक्षा गोष्ठी कार्यक्रमको प्रमुख अतिथि उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसी, विशेष अतिथि सचिव डा. विनोद प्रसाद देवकोटा र प्रदेश बन निर्देशनालयका निर्देशक ललित कुमार कर्ण, कर्णाली प्रदेशका उद्योग, पर्यटन, मन्त्रालयका सचिव, बन निर्देशनालयका प्रमुख तथा डिभिजन कार्यालय प्रमुख तथा प्रतिनिधि सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ ।




खुल्ला प्रेस । ८ श्रावण २०८०, सोमबार १३:५९