बहुविवाहको मस्यौदा रोक्न गैसस महासंघको ज्ञापनपत्र

दैलेखः गैसस महासंघ दैलेखले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । पुरुषले बहुविवाह गर्न पाउने गरी कानून संशोधन गर्न लागेको विषयमा यस्तो संशोधनको प्रयास नगर्न सरकारको ध्यानाकर्षण गराएको हो  ।

विहीबार दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे मार्फत सरकारलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र पठाइएको छ।गैसस महासंघ दैलेखका अध्यक्ष डिल कुमारी चन्द लगाएत दैलेखमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको महिला ससक्तिकरण मञ्च दैलेखका अध्यक्ष सविन बिकले जानकारी दिइन ।

नेपालको संविधानको धारा १८ समानताको हक, धारा ३८ महिला हक, लैंगिक समानता, महिला अधिकार तथा मानव अधिकारको मुल भावना विपरित छ । पारिवारिक सम्बन्ध, समाज, लैंगिक समानता र न्यायमा यस्ता कानुनी प्रावधानले पार्ने प्रभावको आंकलन नगरी कानून संशोधनको प्रयास विभेदकारी र पश्चगामी  छ ।

महिला विरुद्धको सवै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धिको समेत उलंघनले नेपाली समाजको पितृसत्तात्मक सोचलाई मलजल गर्ने, महिला हिंसा र शोषण बढाउने भएकोले बहुविवाहलाई कसैगरी मान्यता दिइनु हुदैन । बिज्ञप्तिमा भनिएको छ ।

बहुविवाहलाई वैधता दिने गरी कानूनको मस्यौदाको काम रोक्न आग्रह गर्दछौं । यदि यो अनुरोध अनुसार पनि कानून संशोधनको प्रयास गरिएमा सडक संघर्ष गर्ने महासंघले धारण बनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५