विवेकशील साझा पार्टीले यो देशको नेतृत्व गर्छ : मिश्र

काठमाडौं :  विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीको एकताले औपचारिकता पाएको छ ।

शनिबार ललितपुरको जाउलाखेलमा आयोजित सभामा तीन पार्टीका प्रमुखले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव चिन्ह तराजु नै हुनेछ । केन्द्रीय समितिमा सिटिजन्सका ३१ र दरबार पाटीृका १४ जना थपिएका छन् भने केन्द्रीय कार्यसम्पादन समितिमा दुवै पार्टीबाट गरी ११ जना थपिएका छन् ।

कार्यक्रममा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले डेमोक्रेटिम नेपाल फोरम पनि एकतामा आउन सहमत भएको बताए ।

अहिले एउटा तप्काले आफूहरुलाई विश्वास नगरेको भन्दै मिश्रले आफ्नो पार्टीको देशको नेतृत्व गर्ने दाबी गरे । उनले भने, ‘कसले यो देशको रुपान्तरण गर्ने क्षमता राख्छ भने त्यो विवेकशील साझा पार्टी मात्र हो । मान्नुस् या नमान्नुस्, विवेकशील साझा पार्टीले यो देशको नेतृत्व गर्छ, गर्छ ।’

धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने र संघीयता खारेज गर्नुपर्ने मुद्दा अघि सारेका उनले आफू न राजसंस्थाादी वा गणतन्त्रवादी नभई नेवालपादी भएको उनले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५