
दैलेख : कर्मचारीलाई अभद्र व्यवहार गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुल्लु नगरपालिका–९ का ३६ बर्षीय प्रेमबहादुर भण्डारीलाई पक्राउ गरेको हो । माघ १३ गते जिल्लाको दुल्लु नगरपालिका वडा नं- ९ को वडा कार्यालयमा कार्यरत वडा सचिव रत्ना कुमारी गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाइ
अभद्र व्यवहारमा परेका थिए ।
वडा सचिव गिरी र सामाजिक परिचालक न्यौपानेले कार्यालयमा कामकाज गरिरहेको अवस्थामा प्रेम बहादुर भण्डारी लगाएतका दश जना ब्यक्तिहरुले अभद्र व्यवहार गरी कालो मोसो दल्न खोज्ने लगायतका गैरकानुनी कार्य गरेको डीएसपी भुवनेश्वर प्रसाद साहले बताए ।
उक्त कार्यमा संलग्न ८ जना पक्राउ परि कानुन बमोजिम अनुसन्धान भईरहेको र फरार रहेका घटनाका योजनाकार तथा मुख्य अभियुक्त प्रेम बहादुर भण्डारीलाई बुधवार पक्राउ गरिएको डीएसपी साहले बताए । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रशासन कार्यालय दैलेखबाट दश दिनको म्याद थप अनुमती दिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।




खुल्ला प्रेस । २१ माघ २०७८, शुक्रबार १२:४३