गृह मन्त्रालयले गर्‍यो एन-प्याब्सन निलम्बन

काठमाण्डाैँः गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको जानकारी दिएको हो।

मन्त्रालयले दिएका निर्देशनको बारम्बार पालना नगरेको, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीत कार्य गरेको आरोप छ।

मन्त्रालयले सरोकारवालालाई असोज २३ गते छलफल गराएको थियो। त्यस छलफलमा गत मंसिर १२ गते दिएको निर्देशन बमोजिम कार्य गर्न आग्रह गरेको तर पालना नगरिएको भन्दै निलम्बन गरेको हो।

यो निलम्बनको सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी हुने र कारबाही समेत गरिने चेतावनी मन्त्रालयले दिएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५