भगवतीमाईमा अपाङ्गता पहिचान तथा पुनर्स्थापना घुम्ति शिविर स‌चालन

दैलेखः  दैलेखको भगवतीमाई गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाहरूका लागि पाँच दिने घुम्ती शिविर संचालन गरिएको छ  । अपाङ्गता भएका बालबालिकाहरूका लागि अपाङ्गता पहिचान तथा पुनर्स्थापना गर्न घुम्ति शिविर संचालन गरिएको हो ।

भगवतीमाई गाउँपालिकाको आयोजना, वर्ल्ड भिजन इन्टनेश्नल नेपाल र सोसेक नेपालको साझेदारी, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको समन्वयमा १८ वर्ष सम्मका अपाङ्गता भएका बालबालिकाहरूको लागि अपाङ्गता पहिचान तथा पुनर्स्थापना शिविर संचालन गरिएको सोसेक नेपालका शिक्षा अधिकृत जनक प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार अपाङ्गता परीक्षण घुम्ती शिविर मंगलवार ११ गतेदेखि संचालन भएर १५ गतेसम्म संचालन हुनेछ  । पहिलो दिन भगवतीमाई गाउँपालिका वडा नम्बर ७ मा रहेको बडाभैरव स्वास्थ्य चौकी खगेन र दोस्रो दिन  बुधबार वडा नम्बर ३ को आधारभूत स्वास्थ्य चौकी सान्तडामा संचालन भएको अधिकृत अधिकारीले जानकारी दिए  ।  त्यस्तै विहीबार देखि भगवतीमाई गाउँपालिका वडा नम्बर -२ बेस्तडा स्थित बर्थिङ सेन्टरमा तीन दिन चल्नेछ ।

भगवतीमाई आधारभूत अस्पतालमा संचालन भएको दुइदिने घुम्ती शिविरमा १० जना ज्येष्ठ नागरिक र २० जना बालबालिकाले चेकजाँच गरेका छन् । चेकजाँचको क्रममा ३० जना नयाँ शारिरिक अपाङ्गता पहिचान भएका छन् ।   ३० जनालाई फिजियोथेरापी  सहायक सामग्री नापजाँच तथा वितरण गरिएको बताइएको छ ।  २ जनाको शल्यक्रिया र डा. कन्सल्टेशन जम्मा ५ जना बालक र ३ बालिका रहेको अधिकारीले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५