दैलेखः दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुखलाई २८ बुदे ज्ञापन पत्र दिइएको छ ।
आइतबार चामुण्डाविन्द्रासैनी नगरपालिका नेकपा एमालेको पार्टि कमिटि र नेमकिपा चामुण्डाविन्द्रासैनी नगर कमिटीले नगरप्रमुख गणेश बहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको हो ।
यी हुन ज्ञापनपत्र मार्फत माग गरिएका मागहरुः
१) समपूरक बजेट अन्तगत राम घाट वत्कायचौर लिफटिड करिब ३४ करोडको खानेपानी आयोजना के कति कारणले सञ्चालन भएन कहिले देखि सञ्चालन प्रक्रिया सुरु हुन्छ वा र्फिजभएको हो भन्ने के कति कारणले हो ।
२) भम्पे पोखरे खाल लिफटिड ४० लाखको खानेपानी आयोजना के कति कारणले सञ्चालन भएन कहिले देखि सञ्चालन प्रक्रिया शुरुहुन्छ वा फिजभएको हो भन्ने के कति कारणले हो ।
३) दुग्ध विकास प्रबन्धका लागी विनियोजित २९ लाख बजेट के कति कारणले हाल सम्म सञ्चालन भएन ।
४) दुग्ध उत्पादक कृर्षक प्रोत्साहन बापत विनियोजित ३ लाख बजेटको प्रक्रिया बारे के कस्तो छ ।
५) जम्वुकाध स्वास्थ्य चौकी हुँदै वडा कार्यालय जाने सडकमा विनियोजित रकम ५० लाख के कति कारण फिरिज भएको हो ।
६) मटेला शिमलसेरा सिँचाइ कुलो ज्येष्ठ असारमा टेन्डर नभई के कति कारणले फिरिज भएको हो ।
७) कर्णाली लिफ्ट खानेपानी अधुरो तत्काल पुरा हुने प्रक्रिया सुरु गर्ने गर्ने ।
८) नगरपालिका गौरवका आयोजनामा बजेट विनियोजित गरिनुपर्ने
९) जम्बु काँध बजार खानेपानी घुपिधारा लिफ्ट मर्मत गरी सुचारु गरिनुपर्ने एसविआई बैङ्क देखि टेलिकम टावर सम्मको वस्तिमा उठाउने कार्य के कति कारणले हो ।
१० नगर सरकारको आफ्नो सवारी साधन हुँदा हुँदै निजी सवारी प्रयोग गरेर आर्थिक व्ययभार के कति कारणले बढाएको ।
११) नगरमा भएका सरकारी सवारी साधनको चरम दुरुपयोग भएको
(१२) कृषि शाखा मार्फत गत आवको बजेट मार्फत खरिद पाइप प्रहरी चौकीमा राखिएको तर कहाँ वितरण भएको जानकारी नभएको ।
१४) नगर बसको आफ्नो रुट अनुमति भन्दा बाहिर कसको अनुमतिले के कसरी सञ्चालन भएको
(१५) यो नगर सरकार भए यता एम्बुलेन्स के कति कारणले बन्द भएको र तत्काल सञ्चालनमा आउनुपर्ने १६) वडा वाट योजना छनौट भई नगर सभामा अनुमोदन भएका योजनाहरू के कति कारणले फेरबदल भएका,
१७) वृहत् मजुवा खानेपानी आयोजनाको विधान विपरीत तथा न्यूनतम मापदण्ड पुरा नगरी निर्माण उपभोक्ता समिति के कति कारणले गठन भएको र आयोजनामा भएको बेथिति तत्काल बन्द गरियोस् ।
१८) प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागी वाडसमितीबाट छनौट भई आएका योजनाहरू कार्यपालिकाको बैठक नबसी मनोमानी ढङ्गले फेरबदल के कति कारणले गरेको ।
१९) गत आ.व को भुक्तानी दिन बाँकी रकम १ करोड ८५ लाख भनी कार्यपालिकाको बैठकमा सार्वजनिक गरिइएको तर अर्को बैठकमा २ करोड १६ लाख सुनाइएको ।
२०) सङ्घीय सरकारको नियम विपरीत आफ्नो सवारी साधन हुँदा हुँदै फेरी ७० लाख सवारी साधन खरिदका लागी के कति कारण बजेट विनियोजित गरेको
(२१) विगत सरकारले स्वास्थ्य सेवाबाट वञ्चित रहेका विकट स्थानका जनताका लागी सुरुवात गरेका करिब १४ वटा सहरी स्वास्थ्य किल्लिनिकमा के कति कारणले अधिकांश सहरी स्वास्थ्य क्लिनिकल के कति कारणले अस्तव्यस्त अवस्थामा रहेका हुन तत्काल सुचारु गर्नुपर्ने,
२२) नगर पालीकामा कार्यरत कर्मचारीहरूलाई आस्थाका आधारमा हुने विभेदको अन्त्य गरिनुपर्ने
२३) खाद्य डिपोमा भएको मनोमानी बन्द गरिनुपर्ने
२४) विगत देखि वर्तमान सरकारले जारी राखेको भूमि सम्बन्धित समस्या समाधान आयोगले भूमिहीन दलित सुकुम्वासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित तथा लालपुर्जा वितरण कार्य अन्त पालीकामा भईरहेको त्यस पालीकामा के कति कारणले हालसम्म सुरु नभएको
२५) सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको दरबन्दी मिलान गर्ने नाउमा शिक्षा ऐन तथा नियमावली विपरीत विव्यसको सहमति तथा सम्बन्धी शिक्षकको मन्जुरी विना मनोमानी ढङ्गले सरुवा गर्ने प्रक्रिया तत्काल बन्द गरियोस् ।
२६ । प्रत्यक्ष सेवा प्रवाह हुने वाड कार्यालयमा रहेका कार्यरत जनशक्ति हटाई दैनिक हुने सेवा के कति कारणले प्रभावित गरियो ।
२७) स्थानीय सरकार सञ्चालन ऐन तथा कर्मचारी नियमावली विपरीत ज्यालादारी तथा करार कर्मचारी नियुक्ति गर्न बन्द गरियोस् ।
२८) नगरपालिका कार्यपालिकाको करिब १३ वटा बैठक मध्ये एक दुई बैठक बाहेक बाँकी बैठक पुस्तिका कार्यपालिका सदस्यहरूले बैठकको अन्तिममा बन्द गर्न नपाएको र हालसम्म भए गरेका निर्णय हुन खोज्दा पटक पटक बैठक पुस्तिका माग्दा उपलब्ध नगराइएको र पहिलो बैठक पुस्तिका भरिएको भनी नयाँ बैठक पुस्तिका सुरु गर्ने प्रयास गरेको । धन्यवाद ।
खुल्ला प्रेस । २१ फाल्गुन २०७९, आईतवार १४:१७