२६ बर्षीया मनसरा बनिन् काँग्रेस महाधिवेशन प्रतिनीधि

दैलेख : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त अहिले जिल्ला तहको अधिवेशन चलिरहेको छ । वडा, प्रदेश निर्वाचन क्षेत्र हुँदै प्रतिनीधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । हालै सम्पन्न प्रतिनीधि सभा निर्वाचन क्षेत्रको क्षेत्रिय अधिवेशनबाट दैलेखमा २६ बर्षीया मनसरा कुमारी शर्मा (मनिषा) महाधिवेशन प्रतिनीधि निर्वाचित भएकी छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिका–९ की मनसरा दैलेख निर्वाचन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनीधि निर्वाचित भएकी हुन् । महाधिवेशन प्रतिनीधि खसआर्य तर्फ ३ सय १४ मत प्राप्त गरिन् । २०५२ फागुन ७ गते जन्मिएकी मनसराले विद्यार्थीकालदेखिनै नेपाल विद्यार्थी संघमा आबद्ध भई नेपाली काँग्रेसको राजनीति सुरु गरेकी थिइन् ।

‘मेरो बुबा २०३६ सालदेखि नै नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लाग्नु भयो, उहाँकै राजनीतिक संस्कारमा हुर्किएका कारण काँग्रेसकै राजनीतिमा संलग्न भए,’ उनले भनिन् ।

नेपाली विषयमा स्नातकोत्तर अध्ययनरत मनसराले राजनीतिक यात्रामा परिवारको पूर्ण सहयोग रहेको बताइन् । महाधिवेशन प्रतिनीधि निर्वाचित मनसराले भनिन् ‘म सक्षम र नेपाली काँग्रेसलाई बलियो बनाउने केन्द्रिय नेतृत्व चाहान्छु, सोहि अनुसार म आफ्नो भूमिका निर्वाह गर्नेछु ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः [email protected],[email protected] सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५