दैलेखः दैलेखमा मानव बेचबिखन तथा ओसार-पसार सम्बन्धी कसुरमा दुई जना पक्राउ परेका छन् । दैलेख बजारमा होटल व्यवसाय संचालन गरेर बसेका २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा जिल्ला दैलेख नारायण नगरपालिका वडा ०८ ढकाने घर भई हाल नारायण नगरपालिका वडा नं. १ दैलेख जिल्ला अदालत अगाडी ज्वालामुखी होटेल संचालन गरी बस्ने बर्ष ४० का तिर्थ प्रसाद न्यौपाने र आफ्नै होटेलमा यौन व्यावसाय सञ्चान गर्ने नारायण नगरपालिका वडा नं. १ NMB BANK नजिक रहेको आरती होटेलको सञ्चालक वर्ष ३० को दिपेन्द्र कटुवाल रहेका छन् । उनिहरुलाई पक्राउ गरि दैलेख जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक किशोर लम्साले बताए ।




खुल्ला प्रेस । ११ जेष्ठ २०८०, बिहीबार १०:३७