दैलेखको देवकोटा चौक फराकिलो बनाउने निर्णय

दैलेख: दैलेखको देवकोटा चौक फराकिलो बनाइने भएको छ ।

जिल्लामा रहेका सबै राजनीतिक दल नागरिक समाजले दैलेखको सदरमुकामको मुटु मानिने देवकोटा चौकलाई फराकिलो बनाउने निर्णय गरेका छन् ।

आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले देवकोटा चौकलाई फराकिलो बनाउने निर्णय गरेको हो ।

दैलेख बजारमा मुख्य केन्द्रमा पर्ने यो चौक रहेको क्षेत्रलाई फराकिलो बनाउनको लागि जिल्ला समन्वय समितिको पुरानो भवन, जिल्ला प्रहरी कार्यालयको बाहिरी भागलाई भित्र सार्ने, केही स्थानीय ब्यक्तिहरूका बार्देली भत्काउने चौकबाट पूर्वतर्फ जाने सडकलाई फराकिलो बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

यस्तै सर्वदलीय बैठकले जिल्लामा भएका अन्य सडक तथा विकास निर्माणका कार्यमा भएको ढिलासुस्ती साहारे खानेपानी व्यवस्थित गर्ने लगायतका निर्णय भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५