असार १५ सम्ममा भुक्तानिका लागि कागजात पेश गर्न गाउँपालिकाकाे अनुरोध

दैलेखः दैलेखको भगवतीमाई गाउँपालिकाले समयमै कार्यसम्पन्न गरी भुक्तानीका लागि रित पूर्वक कागजात पेश गर्न भन्दै सूचना जारी गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालित सम्पूर्ण योजना तथा कार्यक्रमहरुको २०७९ असार १५ गतेभित्र कार्य सम्पन्न गरी भुक्तानीका लागि रित पूर्वक कागजात पेश गर्न अनुरोध गरेको हो ।

गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर बुढा र आर्थिक प्रशासन शाखा प्रमुख रतिमान बुढाकाे हस्ताक्षरित सूचनामा निर्धारित मिति भन्दा पछि पेश हुन आएका कागजातहरुको भुक्तानीका लागि कुनै कारबाही अघि नबढि भुक्तानी हुन नसकेमा सरोकारवाला स्वंयम जिम्मेवार हुनुपर्ने उल्लेख छ ।

बाध्यकारी कानूनी व्यवस्था परिपालना गर्नुपर्ने भएकाले तोकिएको समय सिमाभित्र रित पूर्वक कागजात पेश हुन नआएमा सरोकारवाला स्वंयम जिम्मेवार हुने आर्थिक प्रशासन शाखा प्रमुख रतिमान बुढाले बताए ।

 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५