समुदायमै चेतना फैलाउँदै प्रहरी

प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेगमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागुऔषध सेवन, बालविवाह, छाउपडी प्रथा लगायतबाट निम्तिने घटनाहरुबारे सचेतना कार्यक्रम गरिएको हो।

दैलेख प्रहरीले जिल्लाका ११ स्थानीय तहमा अपराध न्यूनिकरणका लागि अभियान थालेसंगै पुगेको हो। प्रहरीले जनप्रतिनिधिसहित स्थानीय अगुवाहरुसंग शान्तीपूर्ण, सुरक्षित समाजका लागि समुदायसंग हातेमालो गरेर अपराध न्यूनिकरण गर्न कार्यक्रम गरिरहेको हो।

आंसन्न चुनावसंगै शान्ति सुरक्षामा चुनौती देखिएका लागूऔषध, मदिरा पदार्थ सेवन, आत्महत्या तथा घरेलु हिसां, वालविवाह लगायतका कुराहरु समाजबाटै निगरानी राखेमा प्रहरीलाई काम गर्न सहज हुने दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।

‘समुदायसंगै विद्यालयमा पुगेर अपराधजन्य कुराहरु न्यूनिकरणका लागि विशेष प्रशिक्षण दिएका छौ।’ डिएसपी साहले भने, अव, गाउँगाउँमा अपराध न्यूनिकरणका लागि समुदायलाई जागरुप गराउने कार्यक्रम भईरहेको छ।’

भैरवी गाउँपालिकामा शनिवार प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरेको थियो। कार्यक्रममा समुदायका अगुवाहरुले अपराध नियन्त्रण गर्न प्रहरीलाई टोलटोलबाट सहयोग हुने बताए। समुदायकै सहयोगले अपराध घट्ने र जसले गर्दा समाज सुरक्षा प्रत्याभुती हुने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।

कानुन कार्यान्वयन गर्नका लागि प्रहरी यूनिट ग्रामीण बस्तमा भएपनि आवश्यक सहकार्य समुदायबाट भएमा शान्ती सुरक्षा मजबुध हुने गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले बताईन्।

कार्यक्रममा नवराज थापाले विद्यालय र टोलटोलमा वालविवाह र छाउपडी प्रथा विरुद्धको जनचेतना कार्यक्रम समुदायका अगुवा र प्रहरीको साझेदारीमा गर्नुपर्ने बताए।

प्रहरीसंग सदा जनताको साथ सहयोग भईरहने त्यसका लागि कुनैपनि समय सहयोगका लागि समुदाय सक्रिय रहेको जिल्ला समन्वय समिति दैलेखका सदस्य सर्वराज महताराले बताए। यसअघि दुल्लु नगरपालिका, आठविस नगरपालिका, नौमुले गाउँपालिका, डुगेश्वर गाउँपालिकामा प्रहरीले समुदाय तथा विद्यालयमा कार्यक्रम गरिसकेको छ। नागरिक

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५