सुर्खेतः वीरेन्द्रनगर नगरपालिका–१० को बुद्बुदी गाउँमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, आठ वर्षीय छोरा नीरज, नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उनीहरू आज घरमै मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुनसक्छ। हाल मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन बाँकी छ। उकेराबाट




खुल्ला प्रेस । १ माघ २०७८, शनिबार २२:०५