कर्णालीमा कांग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी

सुर्खेत: नेपाली कांग्रेस सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ। सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेद्वारी दर्ता भएको हो।

प्रदेश सभापतिमा ललितजंग शाही, निधिबाट मोतिराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले मनोनयन दर्ता गरेका छन्। ललितजंग जुम्ला, मोतिराज र शाही कालिकोटका हुन्।

यसअघि नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा लागि ललितजंग शाही र भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने बताइएको थियो।

सभापति शेरबहादुर देउवा समूहबाट ललितजंग शाही र संस्थापन इतर (रामचन्द्र पौडेल समूह)बाट भूपेन्द्रजंग शाहीलाई उम्मेदवार हुने निश्‍चित भएको थियो। तर, एकाएक निधि पक्षबाट पनि मोतिराजले उम्मेदवारी दिएका हुन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५