निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आउने १ असाेजमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल अन्त्य हुने भएको छ । आयोगले उक्त कार्यतालिका संशोधन नगरेको अवस्थामा १ असोजमा ५ वर्षकाे कार्यकाल अन्त्य हुने जानकारी संघीय संसदलाई पनि गराइएकाे छ ।
समानुपातिक बन्दसूचीको नाामावली पेस गर्ने कार्यतालिका २ र ३ असोजका लागि आयोगले तयारी गरेका कारण १ असोजमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने भएको हो । विगतको अभ्यास अनुसार समानुपातिक बन्दसूचीको तालिका पेस गरेपछि संसदको कार्यकाल सकिन्छ ।
तत्कालीन व्यवस्थापिका संसद्पमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको अघिल्लो दिनसम्म कार्यकाल रहेको थियो । विगतको अभ्यासअनुसार प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिनसम्म मात्रै हुन्छ ।
प्रतिनिधिसभामा १ सय १० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ । दलहरूले समानुपातिकको बन्दसूची आयोगमा पेस गर्नेबित्तिकै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिन्छ ।



खुल्ला प्रेस । २४ श्रावण २०७९, मंगलवार ०८:३७