बाढी पहिराेबाट मृत्यु हुनेकाे सङ्ख्या ४८ पुग्याे, ३१ जना बेपत्ता

काठमाडाैंः चार दिनयताकाे अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएका बाढी तथा पहिराेमा परी ४८ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार ३१ जना बाढी तथा पहिराेमा परी बेपत्ता भएका छन्।

सबैभन्दा बढी इलाममा पहिराेमा परी ११ जनाकाे ज्यान गएकाे छ। यस्तै डाेटीमा पहिराेमै परी ९ जनाकाे ज्यान गएकाे छ भने हुम्ला, पाँचथर र धनकुटामा पहिराेका कारण ६/६ जनाले ज्यान गुमाएका छन्।

बैतडीमा पहिराेका कारण ४ जनाकाे मृत्यु भएकाे छ। यता सुनसरीमा पहिराेमा परी २ जनाकाे मृत्यु भएकाे छ। कालिकाेट र डडेलधुरामा पनि पहिराेकै कारण १/१ जनाकाे ज्यान गएकाे छ।

यस्तै बाढीबाट प्युठान र उदयपुरमा १/१ जनाले ज्यान गुमाएका छन्। बाढीकै कारण बझाङमा २३ जना बेपत्ता भएका छन् भने प्युठानमा २ जना बेपत्ता भएका छन्।

यस्तै पहिराेमा परी इलाममा ५ जना बेपत्ता भएका छन् भने डाेटीमा १ जना बेपत्ता भएका छन्।

चार दिनयताकाे बाढी तथा पहिराेमा परी २३ जना घाइते भएका छन्। यस्तै २० घर पूर्ण रूपमा क्षति भएकाे छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५