घरमै जेल भीत्र छन १८ वर्षीय हेमराज

जाजरकोटः हिमाली बस्ती बारेकोट गाउँपालिका–४ रावतगिरी गाउँको झण्डै बिचमा भूकम्पले चिरा चिरा परेको घर । त्यही चिरा परेको घरछेउ भन्दा अलि पर जस्तापाताको खोर । खोर गाईबाख्रा र अन्य जनावर राख्नलाई निर्माण गरिएको भने होइन । न त त्यहाँ चराचुरुङ्गी वा कुखुरा पाल्नलाई निर्माण गरिएको हो । यो खोरभित्र छन् १८ वर्षीय किशोर हेमराज रावत ।

रावतगिरी गाउँका कालीबहादुर रावतका जेठो छोरा हेमराज मानसिक रोगी भएका कारण भूकम्पले भत्काएको घरबाट छुट्टै टहरामा उनलाई थुनिएको हो । कालीबहादुरको परिवार वडाले दिएको त्रिपाल नै आश्रयस्थल हो भने छोरा हेमराजको जस्तापाताको घेरबारमा बनाइएको ६ वर्ष अघिकाे खोरमै बस्छन ।

‘पहिले राम्रै बोल्ने गरेको, एकदमै धेरै चञ्चले स्वभावका हेमराज ५ वर्षको उमेरमा हन्हन्ती ज्वरो आएर लखातरान परेपछि उपचारको लागि साथी संस्थाको सहयोगमा काठमाण्डौं पनि पु¥यायौं, औषधि खुवाएपछि बोली रोकियो’ हेमराजका बुबा कालिबहादुरले भने ।

‘मानसिक रोग पनि हो भनेर टिचिङ्ग, बीर अस्पताल हुँदै पाटनको मानसिक अस्पतालमा समेत धायौं । घर फर्काएपछि अस्भाविक तरिकाले चल्ने, मातिने, उफ्रिने, पछारिने, अरु साथीहरुलाई घोच्ने, पिट्ने गर्न थालेपछि धौधौ थाम्ने गरेका थियौं । अहिले जवान भएपछि थाम्न झनै गाह्रो भयो’ कालिबहादुरले सुनाए ।

परिवारका अरु सदस्यसंग घरमा राख्दा कपडा च्यात्ने, अन्नपात फाल्दिने, नजिक आएका मानिसहहरुलाई झम्टिने, दाउरा वा हातहतियारले हान्दिने, गाईबस्तुलाई दाँतले टोक्ने गर्न थाले पछिल्लो ६–७ वर्षदेखि छुट्टै खोर बनाएर खोरमा राखिएको हो । हेमराजको यो अवस्था देखेर गाउँपालिकाले खोर बनाइदिएको बताइएको छ ।

परिवारका अरु सदस्यले थाम्न नसकेको कारण कालिबहादुरले घर छोड्न नपाएको सुनाउनुछन् । ‘दिउँसो थुन्छौं, साँझ नजिकै ओछ्यानमा सुताएको बेला जुनेली रातमा उठेर हिंड्दै गर्ने भएको छोरोलाई रेखदेख गर्न हामी सक्दैनौं हेमराजको बुबा नै हुनुपर्छ’ हेमराजकी आमा तुल्सीले भनिन् ।

मानसिक रोगी छोरोको रेखदेखमा समय दिन परेको कारण बेलाबेला गाउँमै खुलेका मजदूरी गर्न वा मुग्लान् जान पनि पाउँदिन । छोराकै रेखदेखमै समय बितेर कमाईकाज पनि गर्न पाएको छैन’ कालिबहादुरले समस्या दर्शाए । ‘पीर पहिले पनि थियो, अहिले भूकम्पले घर भत्काएपछि झनै बिजोग छ’ उनकाे भनाइ छ ।

‘सक्दो जति सबै प्रयास ग¥यौं, ५ रोपनी जग्गा र सुनजाँदी समेत करिब १२ लाख खर्च भयोे । बिरामी नभएको भए उमेर बढेर तन्नेरी हुदै गर्दा परिवारको भरोसा बन्थ्यो तर मानसिक रोगी भएको कारण कुनै अप्रिय घटना गराइदेला कि भनेर बाआमालाई चिन्ता छ, सोसेक नेपालको पुनस्थापना सहयोग कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता लक्ष्मी शाहीले बताइन ।

खोरमा थुनिएका हेमराज चाहिँ कालिबहादुरका जेठो सन्तान हुन। कालिबहादुर (४०) र उनकी श्रीमति तुल्सी (३९)को दोश्रो सन्तान किरणकला (११), तेश्रो सन्तान स्वस्तिका (९) र चौथो तथा सबै भन्दा सानो आयुश रावत (७) गाउँकै भगवती मावि खेतलवाला थानमा क्रमशः ४, २ र १ कक्षामा अध्ययनरत छन् ।

हेमराज समेत ४ सन्तानका अभिभावक कालिबहादुर र तुल्सी दम्पतिको मुख्य पेशा कृषि हो । औषधिका लागि बेचेको बाहेक अव ४ रोपनी जग्गामा हिउँ परे दुई खेती गरी मुश्किलले तीन महिना खाना पुग्छ, एउटा थारो भैंसी छ, खेती लाउन गोरु अरुको मागेर ल्याउने गरेको तुल्सीले बताइन् ।

‘उपचार र रेखदेख गरिदिने कोही संस्था वा निकाय भए आफूले उपार्जनको काममा समय दिनसक्थें, जेठो छोरा त यस्तै भयो । अरु छोरछोरीको शिक्षादीक्षा राम्रो गर्न सकिन्थ्यो, काही कोही छन् भने मद्दत चाहियो’ कालिबहादुरले सहयोगको याचना गरे । ज्वाला संदेशबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५