भगवतीमाई चिनाउने अभियान थालेको टोलीद्धारा २ दर्जन बढी पर्यटकिय क्षेत्रको भ्रमण 

दैलेख: भगवतीमाई गाउँपालिकालाई देश तथा चिनाउन तयारी थालेका युवाहरूको टोलीले २ दर्जन बढी पर्यटकिय क्षेत्रको भ्रमण गरेको छ ।

“पर्यटन प्रवर्द्धन तथा कला संस्कृति जगेर्नाका लागि हामी र हाम्रो अभियान” भन्ने मूल नाराका साथ  भगवतीमाई गाउँपालिकाका अभियन्ता युवा टोलीद्धारा भगवतीमाई गाउँपालिका भित्रका करिब २  दर्जन पर्यटन सम्भावना बोकेका क्षेत्र तथा त्यहाँको कला सास्कृतिहरुको अवलोकन गरिएको अभियन्ता इन्द्रा सिंह रेजीनाले जानकारी दिइन् ।

भगवतीमाई गाउँपालिका भित्रका पर्यटकिय सम्भावनाको खोजी गर्दै पर्यटक प्रवर्द्धन गर्ने स्वतन्त्र पत्रकार ः डिल्ली राज घिमिरे (डि,आर,जी सुमन) स्वतन्त्र पत्रकार÷समाचार सम्पादक परराष्ट्र मामिला तथा ब्युरो प्रमुख अर्घाखाँची मिडिया हाउस प्रा.लि. ,फैन्स क्लब नेपाल सङ्कल्प काफ्ले इन्जिनियर (अध्यक्ष पि.एस.एम नेपाल) नेत्र बहादुर नेपाली सचिव सहितको टोलीले आइतबार देखि ३ दिन सम्म भगवतीमाई गाउँपालिका ७ वटै वडामा अवलोकन भ्रमण गर्ने छ ।

अवलोकन भ्रमणकै क्रममा सोमबार सम्म गाउँपालिका ३ वटा वडा भित्रका करिब २ दर्जन पर्यटकिय सम्भावना बोकेका क्षेत्रको अवलोकन गरिएको अभियन्ता जनक अधिकारीले बताए । उनका अनुसार भगवतीमाई गाउँपालिका वडा नं. ५,६ र ७ भित्रका पर्यटकिय क्षेत्रहरूको अवलोकन गरी सम्बन्धित ठाउँका भिडियो तथा फोटोहरू सङ्कलन गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५