चन्द्र रावत गुराँसका ३ लघुकथा

१. बाको सध्दरी
‘छोराहरू जागिरे भएर पनि बुढालाई एउटा सध्दरी किनिदिएका छैनन् । त्यही जमानाको सध्दरी लगाएर दिन काटेका छन् यी बुढाले पनि ।’ अस्ति धमिनी काकीले प्याच्चै मुखमा भनिन्। काइला बा केही बोलेनन् । जति टाला हाले पनि सध्दरीका प्वाँलै प्वाँल परिसके । छोराहरूले आफै थाह पाउनु पर्ने हो । वर्षको १ सरो कपडा पनि हाल्दिएनन्।
गाउँमा धेरैले उनलाई काइँला बा भन्दछन । काइँला बा का ३ भाइ छोरा छन् । तीन वटैले सरकारी सिन्दुर पहिरिएका छन ।
‘बा मैल जागिर खाएँ भने हजुरलाई प्लेन चढाएर काठमांडौमा घुमाउँछुु जेठोले भनेको हो। माइलोले पनि जागिर खाएमा बद्रिनाथ, केदारनाथ तिर्थ वर्त गराउँछु भनेकै हो । कान्छोले पनि बालाई सुख दिन्छु भन्यो । तर सबैले जागिर खाए । विहेवारी गरे बातिर हेने फुर्सद कसैको भएन ।

दशैँको बेला सबै छोराहरु जम्मा भएको मौका पारी बाले भने ‘हेर छोरा हो तिमीहरू ३ भाइ मध्य जसले भए पनि मलाइ एउटा सध्दरी किनिदेउ । यो सध्दरी च्यातिएर खत्तम भैगो । मेरो चस्मा र खैनीको बट्टा यही सद्दरीको गोजीबाट कता खसी हाल्यो । सद्दरी लाएको बानी नलाउँभन्दा पनि नहुने ।’ बाको माग सुनेर तीनै भाइ एकपटक केही बोलेनन् ।
जेठाले भन्यो-‘मेरो त बैङ्कको किस्ताले मारेको छ । बैंकको किस्ता तिरी नसकुन्जेल यताउता हेर्न पाइने छैन बा।’
ऊ फेरी माइलो तिर फर्केर भन्छ।’ माइला तैले किनिदेन बालाई सध्दरी ।
माइलो झनक्क रिसाउँछ र भन्छ ।’अँ मलाई त केही समस्या छैन। सुत्केरी श्रीमतीको स्याहार गर्न मलाई धौ धौ भएको छ । बरु कान्छालाई अहिले केही समास्या छैन । यसैले किनिदिए भैगो नि । माइलाले आफु उम्किन खोज्यो ।

तेसो हो भने अर्को साल दसैँमा आउँदा बालाई सद्दरी मै ल्याइदिउँला ।’ उसले पनि टार्ने काम गर्यो । काइला बा केही नबोली हातमा सुर्ती मोली रहे। छोराहरू यस्ता किन भए रु आफ्ना बाको लागि दुई पैसा पनि खर्च गर्न तयार छैनन् । सुर्तीको डल्लो ओठमा च्यापेर अतितलाई सम्झिन्छन् । उनका छोराहरूले सानोमा त्यो सददरीका गोजी छामेको झल्को आयो। बजारबाट वा गाउँबाट जताबाट आउँदा पनि बाले केही ल्याएकाी भनेर छोराहरु शरीरमा झुल्लिन्थे । सध्दरीका पाकेट छाम्थे ।उनले पनि केही न केही ल्याएरै आउँथे । तीनै भाइ छोराहरूलाई बाँड्थे । काइला बालाई आज पनि छोराहरुले सद्दरीको पाकेटमा हातहालेर छामछुम गरेको । शरीरमा झुल्लीएको याद आईरहयो।
२. आफूले नजन्माएको छोरो
‘ल भोली वावुको मुख हेर्ने दिन हो। तिमीहरू पनि आफ्ना बुवालाई मिठाई, लड्डु वा केही फलफुल दिएर आफ्नो बुवालाई आदर सम्मान गरेर शीर झुकाएर आउनु आजलाई बिदा भयो घर जाओ।’ कान्ति मिसले कक्षामा भनेका भनेका सबै कुरा रामुले राम्रो संग बुझेको थियो । उसको मनमा खुल्दुली भैइरह्यो – भोली बुवालाई के उपहार दिएर बुवाको सम्मान गर्ने ? रातभरी विउँझंदै बुवालाई सम्झिंदै गर्यो ।

कुसे औंसीको दिन रामु अरु दिनभन्दा छिट्टै उठ्यो । धारा गएर नुहाएर आयो। थालीमा टिका बनायो । सातपटक घुमेर बुवाको पूजा गर्यो । टिका लगाएर ढोग गर्यो र भन्यो ‘बाबा म पढेर ठूला मान्छे बन्छु अनि हजुरको नाम राख्छु हैु रामले यति गरेपछि माने र उसकी श्रीमतीका आँखाबाट आँसु झरे। खुसी ले गदगद भए आफ्नो छोराले जे सोचेको छ त्यही पुरा होस् भनेर कामना गरे ।

रामु खाना खाएर विद्यालयतिर गयो । माने र उसकी श्रीमती दलानमा बसेर मुखामुख फर्केर कुरा गर्दै थिए। ‘हाम्रो छोरा त निकै ज्ञानी हुन्छकी क्या हो । आज बुवाको मुख हेर्ने दिन हो,बुवाको पूजा गर्नु पर्छ भनेर कसले सिकाइदियो होता त बुढा ‘
‘तेइत बुढीआठ वर्षको बालकले पनि यति कुरा सिक्नु त धेरै राम्रो हो । हुने विरुवाको चिल्लो पात भनेको यही हो ।

यत्तिकैमा पूजारीका घरकी माइली बुहारी आएर फतफताई- ‘ हैन यी बुढाबुढीले त निधारै रातो पारेर टीका लगाएका छन् त ,किन लगाका हौ?
मानेले जवाफ फर्कायो- ‘हेर माइली, हाम्रो छोराले आज बुवाको मुख हेर्ने दिन हो भनेर सात पटक घुमेर पूजा गरेर टीका लगाएर ढोग गर्यो । पढेर ठूलो मान्छे बन्छु । हजुरको नाम राख्छु भन्यो हामी बुढाबुढी सारै खुसी छौं।’ मानेको बोली नसकिदै माइलीले ओठ लेब्राएर भनी ‘भो(भो केही खुसी हुनु परेको छैन । आफैले जन्माएका छोराछोरीले त सुख दिएका छैनन् । क्यामासको ट्वाइलेट पछाडी कुन छाउडीले जन्माएर फालेको चल्लो हुर्काएर पालेका छौ । सुखको आश नगरे हुन्छ। अर्काको बाछो चाटेर मुखभरी रौँ ।’

मानेका बुढाबुढी झसँग भए । कालो निलो भए । एकैछिनको खुसीमा त्यो आइमाइले बिष भरिदिई । विवाह गरेको १५ वर्ष सम्म आफ्नो सन्तान नजन्मिएपछि भगवानले रामूलाई छोरा बनाएर पठाइदिएका छन् । समाजले यति सम्म रिस गर्न सक्दोरहेछ । उनीहरू केही बोलेनन्।

३. ‘लोभी बुढा’
पाँच छोरा र १ छोरीका बाउ हुन्, धर्म काका । एक ताका गाउँमा उनका छोराछोरीको खुबै प्रसंसा हुन्थ्यो ।’छोरा भनेका त धर्मेका हुन् ,देखेउ ? कसरी लाइनमा लागेका छन्रु जहिले पनि प्रथम हुन्छन् ।’ गाउँमा यसै गरी अभिभावकले आफ्ना छोरा( छोरीलाई सम्झाउँथे । धर्म काकाका छोराहरूको उदाहरण दिन्थे ।

कुसे औंसीको दिन धर्म काका कतै नगएर घरकै पिढींमा बसेका छन। घरमा कोही ब्राह्मण कुश राख्न आउँछन वा कोही छोराछोरी फलफूल ल्याएर आइहाल्छन् की चाडबाडको दिन हो भन्ने सोचेर विहानै देखि धर्मकाकाले घरको मूलढोका खुलै राखेर बसेका छन्।

कोही आएन बेलुकासम्म । आज कुनै कुश बोकेको ब्राहमणको पनि पाइला परेन । उबेला दक्षिणा पनि धेरै पाउँथे र ब्राह्मण पनि आउँथे अहिले आफुसँग केही छैन अनिकिन आउथेत ? यस्तै यस्तै सोच्दै थिए धर्म काका ।

बेलुकाको ५ बजेतिर उनकी एकमात्र छोरी उजेली आइपुगी । बुढा पनि छोरीको पाइलो पड्नेवित्तिकै चम्किला भए । छोरीले बुलाई टिका बनाएर निधारभरी लगाइदिई । नमस्ते गरी । स्वस्थ र दीर्घ जीवनको कामना गरी ।
आफूले ल्याएको कोसली फलफुल मिठाइ खानेकुरा,दारी काटने पत्ती, साबुन, एकजोर कपडा दिई । मासुभात पकाइ र बुवालाई खुवाई ।

बाबु छोरीका सुख दुःखका कुरा भए बाले भने ‘तेरी आमा बितेपछि मैले सारै दुःख पाएँ । तेरा दाजुभाइहरुले पनि मलाइ हेर्न छोडिदिए ।’
उजेलीले मौका पाई । यतिबेला नै हो बुबासँग आफ्नो कुरा राख्ने भन्ने सोची ।’हो बुवा मत हजूर बाचुन्जेल मात्र आउनेछु । दाजु भाइले मलाई पनि वास्ता गर्दैनन् । बा मलाइ यो पटक सारै ऋण लागेको छ हजुरले ५० हजार जति दिनु न, आँखिर आफ्नो बुवा हुनुहुन्छ र पो मागेकी हुँ ।’यसरी नै बुवालाई फकाई।
धर्मे काका दोधारमा परे । त्यही भत्ताको, पैसाले त बिहान बेलुकाको खाना खुवाई भएको छ । मसँग ५० पैसा काँ छर छोरी ?। भए पनि ८/१० हजार होला ।तँलाइ दुई तीन हजार दिउँला ।’
बाले २र३ हजार दिउँला भनेपछि उजेलीको मन भाँचियो । जुरुक्क उठेर सुत्ने कोठामा गई । भोलीपल्ट विहानै बुवा नउठेकेकै आफ्नो घरतिर गई। घरमा उसको श्रीमानले सोधे ‘बुवाको अनुहार हेरेर आफ्नो अनुहारे पो बिगारेर आयौरु के भयो।’
‘के हुन्थ्यो लोभी बुढाले पैसा दिएनन् । उसले रुखो जबाफ फर्काई ।

✍️ चन्द्र रावत गुराँस
दुल्लु न.पा.-७, दैलेख

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५