करेन्ट लगाएर माछा मार्नेलाई ५ हजार जरिवाना

दैलेख : गुराँस गाउँपालिका–२ लोहोरे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा पक्राउ परेकालाई स्थानीय प्रशासनले जनही ५ हजार जरिवाना गरेको छ। मंगलबार लोहोरे खोलामा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा प्रहरीले गुराँस गाउँपालिका–४ का ३३ वर्षीय हर्क बहादुर शाही, २६ वर्षीय रमेश पुन र २६ वर्षीय रबिन्द्रबहादुर शाहीलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार पक्राउ परेकाहरुको साथबाट माछा मार्न प्रयोग गरिएका सामानहरु १२ भोल्टको ब्याट्री, मेसिन, क्वाएल रड, माछा मार्ने जाल र झण्डै ६ केजी माछा नियन्त्रणमा लिइएको थियो।

उनीहरुलाई मंगलबार नै जलचर संरक्षण ऐन २०१७ बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा पेस गरिएको थियो। प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उनीहरुलाई जनही ५ हजार जरिवाना गर्ने निर्णय सुनाएका थिए। उनीहरु सबैले जरिवाना तिरेर बुधवार छुटेका छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५