भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेद्धारी घोषण 

दैलेख :  जिल्लाको भगवतीमाई गाउँपालिकामा नेपाल नेपाल कम्युनिस्ट पार्टी एमालेको पालिका अध्यक्षमा ३२ वर्षीय तेज बहादुर नेपालीले उम्मेद्धारी घोषण गरेका छन् ।
एमालेको यही कार्तिक १२ गते वडा र १५ गते पालिकामा अधिवेशन हुँदै छ । पालिकामा हुने अधिवेशनमा युवा, दलित र महिलाहरूको बृहत् प्रतिनिधित्व हुनुपर्ने माग गर्दै भगवतीमाई गाउँपालिकाको पालिका कमिटी अध्यक्ष पदमा आफ्नो पूर्ण दाबी रहेको उनले बताएका छन् । उनले अध्यक्षमा मनोनीत गर्न आम नेता कार्यकर्ताहरू र एमालेका शुभ चिन्तकहरूलाई सहयोगको लागि अनुरोध गरेका छन् ।
भगवतीमाई गाउँपालिका वडा नं.–२बेस्तडाका उनी २०६६ सालबाट एमालेको क्रियाशील सदस्यता लिएका नेपालीले अबको राजनीति युवा वर्गले सम्हाल्नु पर्ने भन्दै पंचयात देखि हालसम्म आएका नेतृत्वले दलित महिला तथा पिछडियको वर्गको आवाज नउठाउनु र परिवर्तन गर्ने सोच नदेखिएका भन्दै पाटीले नयाँ युवालाई स्थान दिनुपर्ने र नयाँ युवाले पाटी सम्हाल्ने आट गर्नुपर्ने बताएका छन् उनले भने– दलितहरू सधैँ अरूको झोला बोकेर हुँदैन सही ठाउँमा सही नेतृत्व गर्न सक्नु पर्छ । त्यो म गर्ने तयार छु ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५