पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

अब यी इन्धनको मूल्य क्रमश १३६ र ११९/११९ रुपैयाँ प्रतिलिटर पुगेको छ।

आन्तरिक हवाइ इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर बढाइएको छ। अब आन्तरिक हवाइ इन्धनको मूल्य १०१ रुपैयाँ प्रतिलिटर र बाह्य हवाइ इन्धनको मूल्य पनि ५ डलर बढेर ८९५ अमेरिकी डलर प्रतिकिलो लिटर पुगेको छ।

यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ७५ बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५