दैलेखः दैलेखको दुल्लुमा खुला तीज नृत्य प्रतियोगिता हुने भएको छ ।
बास नेपाल दैलेख शाखा र उपशाखा दुल्लुको आयोजनामा भाद्र ३० गते खुला तीजनृत्य प्रतियोगिता–२०८० हुने भएको हो ।
बिजया माध्यमिक विद्यालय दुल्लुमा हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ नगद र प्रमाणपत्र पाउने छन, द्धितिय पुरस्कारको लागि ७ हजार रुपैया नगद र प्रमाणपत्र तथा तृतिय पुरस्कारका लागि ५ हजार रुपैया नगद र प्रमाणपत्र पाउने गरि ब्यवस्थापन मिलाएको बास नेपाल उपशाखा दुल्लुका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार– बातावरण सुधार बहुउद्देश्यिय सहकारी संस्था लि. शाखा कार्यालय दुल्लु–७ दैलेख, नेशनल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय दुल्लु, नारायण नगरपालिका दैलेख, गुराँस अफसेटप्रेस एण्ड कपि उद्योग दुल्लु, प्राप्ती साइबर एण्ड टे्र्निङ सेन्टर दुल्लु मुख्य प्रायोजक रहेका छन् ।
हाम्रो जनरल स्टोर्स किसान माइक्रोफाइनान्स लगायत १० भन्दा बढि पसल तथा सप्लार्यसहरु सह–प्रायोजक रहेका छन् । प्रतियोगितालाई सफल बनाउन असलशासन मिडिया प्रा.लि. भिजन न्युज नेपाल खुल्ला प्रेस राइजिङ कर्णली खबर लगाएतका संचार माध्यामहरु मेडिया पाटनरको रुपमा रहेका छन् ।
कार्यक्रको सम्पुर्ण तयारी पुरा गरेको बास नेपाल शाखा दुल्लुले जनाकारी दिएको छ ।
खुल्ला प्रेस । ३० भाद्र २०८०, शनिबार ०१:०१