दैलेखः दैलेखको ठाटिकाँध गाउँपालिकामा परम्परागत स्वास्थ्यकर्मीसंग अन्तरक्रिया गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजना तथा नागरिक आरोग्य सेवा केन्द्र ठाटिकाँधको समन्वयमा १ दिने अन्तरक्रिया गरिएको हो ।
परम्परागत रुपमा गाउँमा ओक्तोमुलो गर्नेहरुलाइ जडिबुटि र आयुर्वेदबारेमा जानकारी दिने र उनिहरुले प्रयोग गरिरहेका औषधिहरुको ज्ञान लिने उद्देश्य सहित कार्यक्रम गरिएको आयुर्वेद स्वास्थ केन्द्र दैलेखका कार्यालय प्रमुख डा. यादव प्रसाद उपाध्यायले जानकारी दिए ।
आयुर्वेद स्वास्थ केन्द्र दैलेखका कार्यालय प्रमुख डा. यादव प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमा ठाटिकाँध गाउँपालिकाका हरेक वडामा रहेका बैध, धामी,झाक्रि सहिता करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्घाटन शत्रमा बोल्दै ठाटिकाँध गाउँपालिका लकान्द्रका कार्यवहाक अध्यक्ष देविराम बढुवालले आफ्नो पालिकासम्म आएर परम्मरागत रुपमा औषधि दिइरहेकालाई जडिबुटि र भान्साघर सम्बन्धि ज्ञान दिएकोमा धन्यवाद दिए । उनले भने आज प्राप्त गरेको ज्ञानले तपाईहरुमा सहजहुने छ ।
कार्यक्रमको विषेश अतिथिका रुपमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले जडिबुटिको जानकारी सबै नागरिकले लिनुपर्ने बताए । हाम्रा वरिपरि हजारौ जडिबुटीहरु भएपनि कति जडिबुटिहरु पहिचान नै नभएर खेर गएको उनको भनाइ छ । गाउँघरमा पाइने जडिबुटिहरुलाइ संकलन, भण्डारण र प्रशोधक गर्न सके नेपाल समृद्ध हुन धेरै समय नलाग्ने उनको धारणा थियो । कार्यक्रमका सहभागिहरुले कतिपय औषधि नजानेरै दिएको अनुभव सुनाए । यस कार्यक्रमबाट धेरै ज्ञान पाएको र अब देखि बुझेरमात्रै औषधि प्रयोग गर्ने र गर्नलगाउने बताएका छन् ।
उक्त कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, वडा अध्यक्ष लगाएतको सहभागिता रहेको थियो ।
खुल्ला प्रेस । ५ बैशाख २०८२, शुक्रबार ०८:४६