कर्णालीमा बजेटमाथि छलफल सुरु, सत्ता पक्षबाटै आलोचना

सुर्खेत: कर्णालीमा आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले संसदमा प्रस्तुत गरेको बजेटमाथिको छलफल सुरु भएको हो ।

संसदको आजको बैठकमा भएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सीमित व्यक्तिहरूलाई मात्र हेरेर बजेट ल्याइएको प्रतिक्रिया दिएका छन् । उनीहरूलाई बजेटले दीर्घकालीन सोच नराखेको बताएका छन् । विशेषगरी विपक्षी दलका सांसदहरूले बजेट ल्याउँदा तत्कालको फाइदा हेरेर ल्याइएको भन्दै जनताको जीवनमा परिवर्तन आउने खालको नभएको बताएका छन् ।

सत्ता पक्षका सांसदहरूले समेत बजेटको आलोचना गरेका छन् । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद बिन्दमान विष्टले यथार्थपरक बजेट नभएको बताए ।

बजेटमाथिको छलफलमा भाग लिँदै नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले सरकारले ल्याएको बजेटले तत्काल केही व्यक्तिलाई फाइदा हुने बाहेक अरू केही नभएको टिप्पणी गरे ।

सांसद तुलसा मल्लले भनाई र गराई फरक हुने गरी बजेट ल्याइएको बताइन् । सांसदहरू जानकी सिंह, पूर्ण बहादुर खत्री चालिसे र सुरेश अधिकारीले बजेटमाथि छलफलमा भाग लिँदै बजेट कार्यान्वयनमा जोड दिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५