चुनाव लड्न पदबाट राजीनामा दिँदै जनप्रतिनिधि

दैलेख: यही वैशाख ३० गते हुन लागेको चुनावमा फेरी लड्न जनप्रतिनिधिहरूले धमाधम राजीनामा दिइरहेका छन् । दैलेखमा पुन निर्वाचन लड्नको लागि पदबाट राजीनामा दिने क्रम चलिरहेको छ ।

आगामी वैशाख ३० गते हुने निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन् । यस क्रममा दैलेखको नारायण नगरपालिका–१ का वडा सदस्य रमेश कुमार केसीले राजीनामा दिएका छन् ।

उनले पुनः उम्मेदवार हुने इच्छा राख्दै राजीनामा दिएको बताएका छन् । वडा सदस्य केसीले बिहीबार नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का समक्ष राजीनामा बुझाएका छन् । २०७४ मा भएका स्थानीय तह निर्वाचनमा केसी नेकपा एमालेबाट नारायण नगरपालिका–१ को वडा सदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध थिए ।

 त्यस्तै शुक्रबार जिल्लाका विभिन्न राजनीतिक दलहरूबाट निर्वाचित जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । यता दुल्लु नगरपालिकाका ३ जना वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् शुक्रबार साँझ दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी समक्ष उनीहरूले राजीनामा दिएको दुल्लु नगरपालिका स्थानीय रमेश उपाध्यायले जानकारी दिए । उनका अनुसार दुल्लूमा आफ्नो पदबाट राजीनामा दिनेहरुमा वडा नं.७ का वडा अध्यक्ष लालबहादुर रावत, दुल्लू ३ का वडा अध्यक्ष कलम बहादुर खनाल दुल्लु ६ का वडा अध्यक्ष बखल बहादुर खड्का वडा नं. २ का सदस्य टोप बहादुर थापा वडा नं. ३ का सदस्य कुल बहादुर कार्की वडा नं.९ का सदस्य टुल सार्की छन् ।

 राजीनामा दिएका जनप्रतिनिधिहरुलाई  नगरप्रमुख भण्डारीले मायाको चिनो सहित बिधाई गरे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५