कार्यदललाई देउवाको निर्देशन-काँग्रेसलाई ‘८६ सिट’ दिएर मिलाउनू

काठमाडौँ : सत्ता गठबन्धनमा १०० सिटको दाबी गरेको काँग्रेसले ८६ सिटमा चित्त बुझाउने सङ्केत गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसलाई ८६ सिट राखेर चुनाव लड्ने तयारी गर्न कार्यदललाई निर्देशन दिएको एक नेताले बताए ।

साथै काँग्रेसले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि जिताउने तयारी गरेको छ । सभापति देउवाले लोसपाका दुई नेताले जिताउनुपर्ने बताएको ती नेताले बताए । “हामी ८६ सिटमा लड्नुपर्छ । महन्थ र राजेन्द्रलाई जिताउन दुई सिट राख्नुपर्छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

तर, पार्टीमा इतर समूह भने सय सिटबाट तल झर्न नहुने अडानमा छ । अन्य दललाई छाड्नै परे पनि कम्तीमा ९४ सिट काँग्रेसले पाउनुपर्ने इतर समूहको अडान रहेको ती नेताले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५