कृष्णप्रसाद अधिकारी
दैलेख: दैलेखमा पब्लिक स्पिच-२०८१ हुने भएको छ । जय विन्द्रासैनी युवा क्लब दैलेखको आयोजना तथा बास नेपाल दैलेखको सहजिकरणमा दैलेखमा पब्लिक स्पिच-२०८१ हुन लागेको हो ।
सार्वजनिक सभा समारोह, मञ्चमा गएर आफ्ना बिचार प्रस्तुत गर्नु एउटा कला भएको बन्दै दैलेखमा पब्लिक स्पिच-२०८१ गर्न लागिएको जय विन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वी बहादुर शाहीले दैलेख बजारमा आयोजित पत्रकार सम्मेलनमा बताए । उनले युवा क्लब तथा बास नेपालले तयार पारेको प्रेस नोटलाई छलफलको माध्यमाबाट सार्वजनिक गर्दै दैलेखमा दैलेखमा पब्लिक स्पिच-२०८१गर्न लागेको जानकारी दिए । उनले दिएको जानकारी अनुसार दैलेखका ११ वटै पालिकामा पालिका स्तरीय पब्लिक स्पिच-२०८१ गरिने छ ।चार वटा नगरपालिका र सात वटा गाउँपालिका भएको दैलेखमा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागिएको छ । यस अघिको वर्षमा चामुण्डामा मात्रै यो कार्यक्रम भएको थियो ।
विद्यार्थी तथा युवाहरूको व्यक्तित्व सिप अभिवृद्धि गर्न, माध्यमिक तथा क्यामपसहरुमा अध्ययनरत करिब ११ हजार जनाको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ ।पालिका स्तरमा हुने कार्यक्रममा सहभागी हुन चाहानेहरुका लागि दुई सय रुपयौ नाम दर्ता लाग्ने आयोजकले जनाएको छ । पालिकामा भएको कार्यक्रममा प्रथम, द्धितिय, तृतीयलाई उचित पुरस्कारको व्यवस्था पनि आयोजकले गरेको छ । पालिकाबाट छनोट भएका ३ जनालाई जिल्ला स्तरको कार्यक्रममा सहभागी गराइने छ । पालिका स्तरको कार्यक्रम माघ ४ गते आठविस नगरपालिकाबाट सुरु हुनेछ, हरेक दिन हुने पालिका स्तरको कार्यक्रम माघ १४ गते गुराँस गाउँपालिकामा समापन हुनेछ ।
हरेक पालिकाबाट छनोट भएका ३३ जना प्रतिस्पर्धीहरुको जिल्ला स्तरको पब्लिक स्पिच कार्यक्रम यही फागुन ७ र ८ गते चामुण्डामा गर्ने गरी आयोजकले योजना बनाएको छ । पालिका स्तरको कार्यक्रममा आफूले चाहेको विषयमा स्पिच दिन सकिने भए पनि जिल्ला स्तरको कार्यक्रममा: सुशासन र भ्रष्टाचार, दिगो विकासका लागि युवा, लागु औषध दुर्व्यसनी, युवा स्वरोजगार, लैङ्गिक हिंसा न्यूनीकरण, जलवायु परिवर्तन र कला संस्कृति मध्य गोला प्रथाको माध्यमाबाट कुनै एक विषयमा स्पिच दिन पाइने छ । जुन कार्यक्रममा प्रथम, द्धितिय, तृतीयले क्रमशः ३३ हजार, २२ हजार र ११ हजार पुरस्कार पाउने छन् भने प्रतिस्पर्धिहरबाट एक जनाले २५ हजार पब्लिक च्वाइस अवार्ड र पालिकाहरूबाट सहभागीहरू मध्य इ-सेवाका माध्यमाबाट सर्वोत्कृष्ट मत प्राप्त गर्ने एक प्रतियोगीलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने क्लव जनाएको छ ।
हरेक सहभागीलाई ५ मिनेट समय दिने स्पिच कार्यक्रमको आइतबार बास नेपाल दैलेखका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको छ । कार्यक्रममा सहभागी सवैलाई धन्यवाद दिँदै अध्यक्ष बुढाले कार्यक्रममा सूचना आयोगका पूर्व सूचना आयुक्त कृष्ण हरी बास्कोटा सहितको ५ सदस्य निर्णायक समिति रहने बताए ।
खुल्ला प्रेस । २१ पुष २०८१, आईतवार १७:३५