युवा नवप्रर्वतन विचार प्रतियोगितामा दैलेखका राजेन्द्र प्रथम

सुर्खेत ः कर्णाली प्रदेशस्तरीय युवा नवप्रवर्तन विचार प्रतियोगितामा दैलेखका राजेन्द्र अधिकारी प्रथम भएका छन् । राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम अनुसार सामाजिक विकास मन्त्रालयले प्रतियोगिता आयोजना गरेको थियो ।

अधिकारी भगवतीमाई गाउँपालिका-४ तुर्सुका बासिन्दा हुन् । प्रतियोगितामा रुकुमपश्चिमका प्रकाश खड्का दोस्रो, सुर्खेतका प्रकाश खड्का तेस्रो र जाजरकोटका कर्मराज सिंह सान्त्वना भए ।

युवाका सोचहरूलाई व्यवसायिक रुपान्तरण र गर्ने उद्देश्यले हरेक वर्ष पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म यो कार्यक्रम आयोजना गरिन्छ ।

सातै प्रदेशबाट तीनजनाका दरले २१ जनाले केन्द्रीय स्तरको प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५