मुख्यमन्त्री रोजगार कार्यक्रम छनाेटमा यसरी हुन्छ राजनीतिक हस्तक्षेप

दैलेख : मुख्यमन्त्री रोजगार कार्यक्रम योजना छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको  पाइएको छ । योजना माग गर्दा प्रत्येक वडामा १ वटा योजना फरक घरका ७ जना उपभोक्ता रहने गरी समूहमा योजना माग गर्न मुख्यमन्त्री कार्यालयले भदौ ८ गते सूचना जारी गरेको थियो । जारी सूचनाको विपरीत पार्टीको लेटर प्याडमा योजना पेस गरी योजना छनोट भएकोले योजना छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको देखिन्छ ।

मुख्यमन्त्री रोजगारको लागि भदौ ८ गते सूचना जारी भए पनि दैलेखको भगवतीमाई गाउँपालिकाको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को लेटर प्याडमा भदौ १ गते १३ वटा योजना छनोट गरेर पठाइएको छ । पठाइएका योजना मध्ये १२ वटा योजना मुख्यमन्त्री कार्यक्रममा छनोट भएको देखिन्छ ।

कर्णाली प्रदेशमा तत्कालीन अवस्थामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाही भएकोले योजना छनोट प्रक्रियामा राजनैतिक हस्तक्षेप भएको हुनसक्ने यहाँका स्थानीयले बताएका छन् । मुख्यमन्त्री कार्यक्रममा समेत राजनीति गर्नु राम्रो नभएको स्थानीय शिशिर जङ्ग शाहीले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५