गगन थापालाई ओलीको चुनौती – एमालेको घोषणापत्र बहसमा आउनू

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पार्टीको घोषणापत्रमा बहस गर्न चुनौती दिएका छन् ।

बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई एमालेको घोषणापत्रका विरुद्ध बहसमा आउन चुनौती दिएका हुन् ।

ओलीले मंगलबारको एक कार्यक्रममा कांग्रेसको घोषणापत्रको आलोचना गरेको थिए । त्यसपछि त्यसको जवाफमा थापाले आफू ट्युसन पढाउने जावफ दिएका थिए ।

सोही जवाफबारे ओलीले चुनौती दिँदै भने,“ एमालेले जारी गरेको घोषणापत्र र स्थानीय तहको प्रतिबद्धता विरुद्धको बहसमा उत्रिन कोही चाहन्छ भने हामी स्वागत गर्छौं । बहसमा आउनुस् । नेकपा एमालेको घोषणापत्रको सन्दर्भमा बहसमा उत्रिन कोही ट्युसन क्लास पढाउन तयार छौं भन्नेहरु तयार छन् भने हाम्रा लागि त्यो ठूलो कुरा भएन । भर्खर–भर्खर पास गरेको भाइबहिनीहरु थुप्रा छन् । ट्युसन क्लासवालाहरुसँग मुकाबिला गर्ने । हामी भिडाइदिउँला ।”

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५