सुर्खेत: कर्णाली प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ दुई सय २२ जना उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचिअनुसार कर्णालीमा २८ दलले दुई सय २२ जना उम्मेदवार अघि सारेका हुन् ।
कर्णालीमा समानुपातिक निर्वाचन प्रणालीबाट १६ जना प्रदेशसभा सदस्य चुनिन्छन् । आयोगमा दर्ता भएका २८ मध्ये आठ वटा पार्टीले मात्रै १६÷१६ जनाको बन्दसूचि पेश गरेका छन् भने अन्य २० दलले त्यसभन्दा कम संख्यामा मात्रै उम्मेदवारको नामावली दर्ता गराएका छन् ।
१६ जना उम्मेदवार नै अघि सार्नेहरुमा नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रहेका छन् ।
खुल्ला प्रेस । २३ आश्विन २०७९, आईतवार १०:५५