जेनजीको भर्चुअल बैठक : सेनासँग एजेण्डामा छलफल गर्न सुशीला कार्की नाम प्रस्ताव

काठमाडौँ: जेनजीहरुले प्रधानसेनापति अशोकराज सिग्देलसँग आफ्नो एजेण्डा लैजान पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई पठाउने निर्णय प्रस्ताव गरेको छ ।

बुधबारको जेनजीहरुकाे भर्चुअल बैठकमा उनीहरुले आफ्नो एजेण्डा सेनासँग प्रस्तुत गर्न कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

यद्यपि कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै फाइनल हुने छ । उनीहरुले कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन् । जेनजीहरुको आधिकारिक समूह भने टुंगो लागेको छैन ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५