डुङ्गे्श्वर गाउँपालिका–१ मा माओवादीका उम्मेदवार बिजयी

दैलेख ः दैलेखमा नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका छन् । राना ७ सय ८१ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी एमालेका लोकबहादुर डांगीलाई २ सय ५७ मतले पराजित गर्दै उनि विजयी भएका हुन्, एमालेका डांगीले ५ सय २४ मतमा सिमित भएका छन् ।
यो वडामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन थियो । गठबन्धनका उम्मेदारसँग एमाले पराजित भएको हो । वडामा वडाध्यक्ष रानासहित प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५