आफ्नै भवनबाट सेवा प्रभाह गर्दै दुल्लुका सबै वडा कार्यालय

दैलेख ः दुल्लु नगरपालिकामा रहेका सबै वडा कार्यालयको भवन निर्माण गरिएको छ । आइतबार दुल्लु नगरपालिका ७ को भवनको उद्घाटन गरिए सँगै नगरपालिकाका १३ वटै वडामा वडा कार्यालयको भवन निर्माण गरिएको दुल्लु नगरपालिकाले जानकारी दिएको छ ।
दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले नगरपालिकाका प्रत्येक वडामा वडा कार्यालयको भवन आफ्नै कार्यकालमा निर्माण गर्न सकिएको भन्दै समयमै निर्माण सम्पन्न सहयोग गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिएका छन । उनले वडा कार्यालय भवन निर्माण हुँदा वडा कार्यालयबाट सेवा लिन सेवाग्राहीलाई समेत सहज हुने बताए । उनले भने साबिकका कालभैरव,गमौडी,गौरी र मालिका गाविसमा रहेका भवनलाई नै वडा कार्यालय सञ्चालन गरिएको छ ।
दुल्लु नगरपालिका–७ का वडाध्यक्ष लाल बहादुर रावतले वडा कार्यालयको भवन निर्माण नहुँदा आफूहरूलाई असहज भएको भन्दै भाँडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा भने जतीसेवा दिन नसकिएको र आफ्नै भवनबाट सेवा दिन पाउँदा खुसी भएको बताए । उनले भने भाडामा लिएको भवन साँघुरो हुँदा सेवाग्राहीलाई समेत सेवा लिन समस्या भएको थियो अव त्यो समस्या अन्त्य भएको छ ।

दुल्लु नगरपालिकाका इन्जिनियर सौगात कार्कीले स्थानीय तहको निर्वाचन अघि साबिकका चार वटा वडामा वडा कार्यालय भवन रहेको र अन्य वडा कार्यालय भवन स्थानीय तहको निर्वाचन पछि नगरपालिकाले निर्माण गरेको बताए । उनले दुल्लु नगरपालिकाको थुप्र बिकासका काम गरेपनि पाँच वर्षे अवधिमा नौ वडाका वडा कार्यालय भवन निर्माण गर्न नगरपालिकाको मुख्य उपलब्धि भि परेको बताए । उनले भने हामीले नौ वडा मध्ये एक वडा कार्यालयको भवन निर्माणमा नगर नगरपालिका र कृषि विकास कार्यालयको साझेदारी बोहक अन्य आठ वडा कार्यालयको भवन नगरपालिकाले निर्माण गरेको हो ।
इन्जिनियर कार्कीका अनुसार निर्माण गरिएका सबै वडा कार्यलयका भवनमा करिब एक सय जना अट्ने सभाकक्ष,वडाध्यक्षको कार्यकक्ष,वडा कार्यसमितिका सदस्य बस्ने र कर्मचारी बस्ने गरी चार कोठे भवन र शौचालय समेत निर्माण गरिएको छ । मेराे कर्णालीबाट 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५