अभिरल बर्षामा घर भत्किदा १ जनाको मृत्यु

कालिकोट ः कालिकोट जिल्लाको महावै गाउँपालिका वडानं–७मा अभिरल बर्षाको कारण घर भत्किएको छ ।

गएरातीको अबिरल बर्षाले वडा नं.७ निवासी विष्णलाल अधिकारीको घर भत्किएको हो। घर भत्किदा घरमा सुतिरहेकी १८ वर्षकी स्मृती अधिकारीको मुत्यु भएको छ, भने १५ वर्षकी ईनिशा अधिकारी घाइते भएकी छिन् ।

वर्षाका कारणले गाउँका १५ घर उच्च जोखिम रहेको र उक्त बस्तीका बासिन्दा राम माध्यमिक बिद्यालयमा राति देखि बस्दै आएको माओवादी केन्द्र का महावै ईन्चार्ज खेम सिंह (भिजन)ले जानकारी दिए ।

यस्तै जिल्लाको शुभकालिका गाउँ पालिका वडा नं ८ को चौकिबजारको खोलामा पहिरो आएको छ। पहिरोले चौकिबजार उच्च जोखिममा रहेको नन्दा महताराले जानकारी दिएकी छिन् । उनका अनुसार सोहि ठाउँको पोरिवाडामा पहिरोले सग्राम बिकको घर पुरिदा घरमा रहेको सबै सामान लत्ताकपडा पुरिएको छ ।
लगातारको बर्षाले कर्णाली नदिको बहाक पनि बढेको छ।जिल्लाका धेरै ठाउँमा ठुलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५