दैलेखमा कमजोर बन्दै समाजवादी, प्रदेश कमिटी सदस्य फर्किए एमालेमै

दैलेखः दैलेखमा नेकपा एकिकृत समाजबादी कमजोर बन्दै गएको छ । नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री अमरबहादुर थापाको क्षेत्रका प्रभावशाली नेता दानबहादुर थापा नेकपा एमालेमै फर्किएपछि समाजबादी कमजोर बन्दै गएको छ । माधव नेपालको भ्रममा परेर आफू नेकपा एकीकृत समाजवादीतिर लागेकोमा पछुतो गर्दै गाउँपालिका अध्यक्षसमेत रहेका नेता थापासहित गाउँपालिकाको सबै टीम नेकपा एमालेमा फर्किएको हो ।

विहिबार थापालाई स्वागत गर्न भगवतीमाई गाउँपालिकामै बृहत जनसभा गरिएको थियो । थापालाई नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाह, प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्मासहितको टोलीले स्वागत गरेको छ । एमालेमै फर्किनु भएका भगवतीमाई गाउँपालिकाका अध्यक्ष थापाले केही दिन बाटो बिराए पनि अब एमालेमै रहेर जनताको सेवामा खट्ने प्रतिबद्धता ब्यक्त गरे ।

२०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित थापा पार्टी बिभाजन हुँदा पनि उनी नेकपा एमालेमै रहने भनेर अडान लिएका थिए । तर पूर्वमन्त्री अमर थापाको दबावका कारण उनले नेकपा एसमा जान बाध्य परेको बताए । नेकपा एसले प्रभावकारी काम नगरेको भन्दै दुई महिना अघि उनले पार्टीको सवै जिम्मेवारीबाट राजिनामा सम्मेत दिइसकेका थिए ।

प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार अध्यक्ष थापासँगै विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खड्का, कमला खत्री, मान बहादुर नेपाली, बल बहादुर थापा, सुशिला वि.क. लगायत १२५ जना एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेशपछि थापाले एमाले नै जनताको सेवा गर्ने पार्टी रहेकोले फर्किएको बताए उनले भने, ‘एमाले नै जनताको वास्तविक साथी हो र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको छु ।’

अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले देशभक्त, क्रान्तीकारी, समाज परिवर्तनका अगुवाहरु एमालेमै बस्नुपर्नेमा जोड दिए । दैलेखमा नेकपा एमाले पहिलेदेखिनै बलियो रहेको र अव झन मजबुद भएर दैलेखका सवै स्थानीय तहमा निर्वाचन जित्ने पक्का भएको शाहाको भनाई थियो । ‘अध्यक्ष थापाजस्ता होनहार नेताहरु एमालेमा फर्किनु भएको छ । अब अन्य साथीहरु पनि आफ्नै मुलघरमा फर्कने वातावरण बनाउन हामी तल्लीन छौं,’ अध्यक्ष शाहले भने । अम्मर बहादुर थापाका दाहिने हात मानिने अध्यक्ष थापा पुरानै घरमा फर्किए पछि दैलेख तरङ्गीत भएको छ । थापाकै पहलमा एमाले छोडेर समाजबादिमा लागेका भगवतीमाईका कतिपय कार्यकर्ता दोधारमा छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५