दैलेख: खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् ।
दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो । उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो १२ : ४५ बजे उनको मृत्यु भएको हो ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५
खुल्ला प्रेस । ६ पुष २०७९, बुधबार २०:२५