डुङ्गेश्वरमा ट्रकको टक्करबाट माेटरसाइकल चालक घाइते

दैलेख: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरस्थित पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ  दुर्घटना भएकाे छ ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकको ब्रेक फेल भई पुल पार गर्दै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकल चालक घाइते भएकाे प्रहरीले जनाए छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक ट्रकमुनि थिचिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । ट्रकले नराम्ररी च्यापेका कारण चालकलाई तत्काल बाहिर निकाल्न नसकिएको प्रमुख गुरुले बताए ।
दुर्घटनाका कारण पुलमा तेर्सिएको ट्रक हटाउन नसक्दा कर्णाली राजमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । अहिले क्रेनको सहयोगमा ट्रक हटाएर अवरुद्ध सडक खुलाउने र किचिएका चालकको शव निकाल्ने प्रयास भइरहेको कार्यालय प्रमुख गुरुले बताए ।

घटनाको जानकारी पाउने बित्तिकै प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट टोली खटिएको छ भने जिल्ला प्रहरी कार्यालय दैलेखबाट समेत थप प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।
<span;>घटना थप विवरण आउन बाँकी ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५