दैलेख: दैलेखमा आफ्नो व्यवसाय सुरु तथा सुधार तालिम दिइएको छ । युवाहरूलाई व्यवसाय तर्फ उन्मुख गराउने, व्यवसायको सही छनोट गर्दै व्यावसायिक योजना निर्माण गर्न सक्ने र आयआर्जन गर्न सहिबाटो देखाई नागरिकको जीवनमा परिवर्तन ल्याउने उद्देश्यले तालिम दिइएको हो ।
१८ वर्ष देखि २४ वर्ष उमेरका युवाहरूलाई नारायण नगरपालिकाको समन्वयमा वडा कार्यालयले छनोट गरी पठाएका १९ जनालाई नारायण नगर पालिकाको काडाँचौरमा ५ दिने तालिम शुक्रवार सम्पन्न भएको छ । एभरेष्ट क्लब दैलेख सेभ द चिल्डे«नको संयूक्त आयोजनामा संचालित पावर ४ एवाइ परियोजनाले विपन्न तथा जेहनदार परिवारका १९ जनालाई व्यवसाय तर्फ लाग्नको लागि तालिम दिइएको परियोजना संयोजक भूपाल सिंह बोहराले जानकारी दिए ।

आफ्नो व्यवसाय गर्ने र भएको व्यवसायलाई सुधार गर्नेको लागि नारायण नगरपालिका भित्रका ५ पुरुष १४ महिला, ४ जना अपाङ्गता भएका व्यक्ति तथा विभिन्न कारणले पढाई छोडेर बसेकाहरूलाई ५ दिनको तालिममा व्यवसाय छनोट, आफ्नो गाउँ टोलमा कस्तो व्यवसाय गर्दा फाइदा हुन्छ, व्यवसाय गर्दा कस्ता–कस्ता जोखिमहरू आउन सक्छन्, व्यवसायको पहिचान कसरी गर्न सकिन्छ, कच्चा पदार्थहरू कहाँबाट ल्याउने, उत्पादन भएका बस्तुहरूलाई बजार सम्म कसरी पु¥याउने, बिक्री मूल्यहरू कसरी निर्धारण गर्ने, सही व्यवसायको छनोट कसरी गर्ने त्यसको बजार माग के कस्तो छ भन्ने बारेमा तालिम दिइएको प्रशिक्षक बाबुराम आचार्य बताए । उनले भने ५ दिनको तालिममा सफल ब्यवसायीहरुलाई समेत ल्याएर उनीहरूको अनुभव पनि बुझाएका छौ ।
सहभागी दुर्गा भट्टराईले भनिन् हामीले पाँच दिनको तालिममा धेरै कुरा सिक्ने अवसर पायौँ । यस्ता कार्यक्रमहरू पहिले नै आएको भए गाउँघरमै विभिन्न व्यवसाय गर्ने सकिँदो रहेछ । गाउँमा धेरै युवाहरूलाई यस्तो तालिम दिन सकेको भए झनै प्रभावकारी हुन्थ्यो व्यवसाय गर्नेको लागि तालिम लिएका सबै साथीहरूलाई अनुरोध गर्छु ।
नारायण नगरपालिका वडा नं. ६ का कार्यवाहक अध्यक्ष तथा कार्यक्रम समापनका प्रमुख अतिथि शान्ति कुमारी रेग्मीले तालिममा सहभागीहरूले आफ्नो व्यवसाय कसरी गर्ने सकिन्छ, भन्ने कुरा बुझेको हुनले व्यवसाय गर्दा समस्या नआउने धारण राखिन् तालिमको लागि एभरेष्ट क्लबलाई धन्यवाद दिँदै उनले भनिन् आफूहरूले गरिब जेहनदार तथा विपन्न वर्गका युवाहरूलाई तालिमको लागि छनोट गरेका थियौँ । उहाँहरूले सक्रियता पूर्वक तालिम सम्पन्न गर्नुभएको छ । आउँदा दिनहरूमा व्यवसाय गरेको नगरेको वडाले पनि अनुगमन पक्कै गर्ने छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै एभरेष्ट क्लब दैलेखका अध्यक्ष दीपक कुमार शाहीले तालिम लिइएका सहभागीहरूलाई आफूहरूले निरन्तर फ्लोअप गरिरहने भन्दै ५ दिनको तालिम मात्र दिएर नछोड्ने बताए । उनले तालिम सँगसँगै आर्थिक स्थिति कमजोर भएर व्यवसायमा लगानी गर्ने नसक्नेलाई एभरेष्ट क्लबले २५ हजार सम्म लगानी गर्छ, त्यो भन्दा बढी लगानी लाग्ने भएमा सहकारी मार्फत सस्तो ब्याज दरमा ऋणको लागि जिल्लाकै सहकारी छनोट भएको छ, आर्थिकको कारण व्यवसाय नगर्ने भन्न हुदैन् ५ दिनको तालिमबाट छनोट भएका ८ जनालाई ३ महिनाको लागि तालिम दिइने छ । यहाँ तालिम दिएका सबैले आफ्नो व्यवसाय गर्नुपर्ने हुन्छ नत्र आर्थिक स्थिति सुधार गर्ने कुनै पसलमा काम समेत गर्नुपर्छ। व्यवसाय धेरै किसिमका भएकोले आफूले सक्ने व्यवसाय गर्ने सबैलाई अनुरोध गर्दछु ।




खुल्ला प्रेस । २८ फाल्गुन २०७८, शनिबार १९:०५