सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं: सत्तारुढ दलहरूको गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। बैठक मंगलबार पुनः बस्ने गरी सकिएको नेकपा माओवादी केन्द्रका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। मंगलबार बिहान ११ बजे पुनः बैठक बस्ने सहमति भएको छ।

महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटका विषयमा छलफल गर्न बोलाइएको बैठक सहमति नजिक पुगेको मल्लको भनाइ छ। बैठकमा पाँचवटै दलका नेताहरूले आ–आफ्नो पार्टीको दाबी पेस गरेका छन्।

बैठकमा पोखरा महानगरमा काङ्ग्रेस र नेकपा एसको दाबी गरेको थियो। दुवै दलले छोड्न मानेका छैनन्। भरतपुर माओवादीलाई दिने लगभग सहमति छ। काठमाडौं, विराटनगर र ललितपुरका साथै जसपालाई वीरगञ्ज लगभग सहमति भएको छ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी समितिका सदस्यहरू सहभागी थिए।

सोमबार प्रचण्डले साँझसम्ममा महानगर र उपमहानगरमा तालमेल र बाँडफाँटको टुंगो लगाउने बताएका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५