कार्यकक्षमा कर्मचारीलाई ५ घण्टा बन्धक

दैलेख ः दुल्लु नगरपालिका वडा नं. ९ को कार्यालयमा कार्यरत २ जना कर्मचारीलाई ५ घण्टा बन्धक बनाइएको छ । विहीबार कार्यालय समयमा स्थानीयहरुले कार्यकक्षमै बन्धक बनाएका हुन् ।
कार्यकक्षभित्र काम गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएर गाली गलोज, अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की समेत दिएको पीडित कर्मचारीले जानकारी दिएका छन् वडा सचिव रत्ना गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई स्थानीय प्रेमबहादुर भण्डारी सहितको टोली कार्यालयमै पुगेर बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्धक बनाइएको र नारा जुलुस भएको खबर पाउने बित्तिकै सुरक्षाकर्मीको टोली बड़ा कार्यालयमा पुगेर बन्धक बनाइएका कर्मचारीको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ कर्मचारीको गल्ती भए सम्बन्धित निकायहरूमा उजुरी गरेर कर्मचारीलाई पनि कारबाही प्रक्रिया सुरु गर्न सकिन्छ तर कानुन हातमा लिएर कर्मचारीलाई मन्धक बनाउनेहरूलाई कानुनअनुसार हदैसम्मको कारबाही गरिने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
बृद्धभत्ताको कार्ड नामसारी गर्ने विषयमा विवाद भएको र कानुन भन्दा विपरीतको काम गर्न नमिल्ने कर्मचारीले जबाफ दिएपछि उनिहरुलाई बन्धक बनाइएको थियो ।
प्रहरी जादा केही स्थानीयले प्रहरीमाथि नै बुगामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिएका छन् । घटनामा संलग्न मध्ये मुख्य योजनाकार प्रेमबहादुर भण्डारी फरार रहेको प्रहरीले जनाएको छ ।
कर्मचारी संघ संगठनद्वारा विरोध उनीहरूलाई बन्धक बनाइएको जनताको सेवामा खटिएका कर्मचारीहरूलाई बनाउदै अमानवीय व्यवहार गरेको प्रति निजामती कर्मचारी, संगठन र कर्मचारी पुनियनले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर घटनामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । कानुनलाई हातमा लिएर कर्मचारी माथि गरिएको अभद्र व्यवहारको आपती गर्दै कर्मचारीको सुरक्षाको माग गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५