दैलेख ः जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर २ मा अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकूद समितिको आयोजना र दुल्लु नगरपालिका वडा नं.२ को समन्वयमा ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मूल नारालाई आत्म साथ गर्दै अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको दुल्लु नगरपालिका वडा नं. २ का युवा तथा खेलकूद समिति अध्यक्ष इन्द्र बहादुर कार्कीले बताए ।
अध्यक्षका अनुसार वडा नं. २ को वडा कार्यालय नजिकै विविध कार्यक्रम सहित हुने भलिवल प्रतियोगितामा दुल्लु नगरपालिका भित्रका १३ वटा वडाबाट खेलाडीहरूलाई बोलाईएको छ । मंसिर २३ गते देखि २६ गते सम्म सञ्चालन हुने खेलको सबै तयारी पुरा भएको छ । आयोजकले जनाएको छ ।
करिब ४ दिन चल्ने खेलमा प्रथम पुरस्कार ४० हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, द्धिृतिय पुरस्कार ३० हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, चौथो पुरस्कार १० हजार रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाण पत्र, उत्कृष्ट ३ खेलाडीले २ हजार रुपैयाँ सहित ट्रफी मेडल प्रमाणपत्र, पाउने गरी व्यवस्था गरिएको छ ।




खुल्ला प्रेस । २२ मंसिर २०७८, बुधबार ०८:३०