रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ : अध्यक्ष ओली

काठमाडौँ :नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नदिएको बताएका छन् ।

महाधिवेशनको पूर्व सन्ध्यामा हिजो (सोमबार) सम्पादकहरुसँगको छलफलमा भने– ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। म प्रति उहाँले मप्रति माया, सम्मान देखाउनु भएको छ ।’

उनले रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताए।

‘उहाँले सुझाव दिनु भएको छ,’ उनले भने, ‘उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो सुझाव एक खालका निकै मान्छेहरुले मन पराउने सुझाव पनि हो । मैले अध्यक्षमा नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पनि बाहिरतिर देखिन्छ ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५