दैलेखः दैलेखको भगवतीमाई गाउँपालिकामा महिनावारी स्वच्छता दिवस दिवस-२०२५ मनाइएको छ । ”महिनावारीमैत्री समाजका लागि सहकार्य “, “रजनाेवृतिबारे खुलेर कुरा गरौ” ,”महिनावारी हुँदा पर होइन घर” ! विभिन्न नारा सहित महिनावारी स्वच्छता दिवस दिवस-२०२५ मनाइएको हो ।
महिनावारी स्वच्छता दिवस (Menstrual Hygiene Day) हरेक वर्ष मे २८ तारिख मा मनाइन्छ। यो दिवस पहिलो पटक २०१४ मा मनाइएको हो, जसको सुरुवात जर्मनीस्थित गैर-सरकारी संस्था WASH United ले गरेको थियो। औसत महिनावारी चक्र २८ दिनको हुन्छ यहि दिनको अवसरमा सन २०१४ मे देखी यस कार्यक्रमको आयोजना गर्न थालियको हो ।
भगवतीमाई गाउँपालिका उपाध्यक्ष मिना कुमारी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा भगवतीमाई गाउपालिका भित्र महिनावारी हुदा महिलाहरुको अवस्था र समाजमा महिनावारी वारे वुझाई कस्तो रहेको छ आगामी दिन मा महिनावारी स्वच्छतालाई कसरी अगाडी वढाउन सकिन्छ भनेर गाउँपालिका स्तरमा सुरक्षित र लाज रहित संवाद तथा किशोर किशोरीहरु विच महिनावारीका वारे खुल्ला बहस कार्यक्रम भएको थियो ।
गाउँपालिमा खुल्ला बहस कार्यक्रममा सहभागीहरुले विगतमा धेरै दुख भोग्नु परेको परिवार भित्र कै सदस्यहरुले छुई छिटो भन्दै वाहिर राख्ने गरेकोमा पछिल्लो समय समुदाय स्तरमा हुने विभिन्न चेतना मुलक तालिम, सरसफाई गतिविधि तथा कानुनी कुराको ज्ञान हुन थालेपछि अहिले केहि समय यता पिडा का दिन कमि भएका सहभागीहरुले वताए ।
ज्वाला माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुले विगतमा जस्तो घरपर वस्ने अलग्ने राख्ने र अलग्गै खान दिन नभएको वताए । यो समयमा हामी पोषिलो खानेकुरा र सरसफाईमा ध्यान दिईरहेको यसले आफुहरुलाई फाईदा भएको वताएका छन् । महिनावारी स्वच्छता दिवश कार्यक्रम भगवतीमाई गाउँपालिका उपाध्यक्ष मिना कुमारी खड्काको अध्यक्षतामा भएको थियो कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य स्ंवम सेविक, शिक्षक, वाल कल्व, अगुवा महिला कर्मचारी तथा स्थानियहरुको उपस्तीति रहेको थियो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष मिना कुमारी खड्काले महिनावारी दिवश यसले विगतका दिन परेको अफ्ट्यारो र हाल किशोरी तथा वुहारीलाई पाएको सेवा सुविधिा वारे चर्चा गर्नु भएको थियो पालिकामा महिनावारी हुदा कतै्र पनि छाउपढि नभएको र महिनावारी हुदा स्वच्छता कायम राख्न थप लाग्नु पर्ने बताइन् ।
महिनावारी स्वच्छता दिवश भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखा, सुस्वा आयोजना वास ईकाइ, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेख र एभरेष्ट कल्व दैलेखको संयुक्त आयोजनामा सन्चालन गरिएको थियो ।
खुल्ला प्रेस । १५ जेष्ठ २०८२, बुधबार १६:५७