जनआन्दोलनबाट भएको परिवर्तनलाई संस्थागत गर्ने नयाँ पार्टी स्थापना भयो 

दैलेख: नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले २०६२÷०६३ को आन्दोलन, माओवादी सशस्त्र संघर्ष लगायतका राजनीति आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न एकीकृत समाजवादी पार्टी स्थापना भएको बताइन ।
एकीकृत समाजवादीको चामुण्डाबिन्द्रासैनी नगर स्तरीय कार्यालयको उद्घाटन गर्दै साँसद बिशुन्केले केपी शर्मा ओलीको व्यक्तिवादी कार्यशैलीले नेकपा एमालेको राजनीतिक आदर्श माथि नै धक्का पुग्न थालेपछि त्यो पार्टी छोडेर नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरिएको बताएकी हुन् ।
त्यस बखत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एव कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापाले जनबिश्वास गुमाएको पार्टी र त्यो पार्टीका नेताहरुलाई छोडेर नयाँ पार्टी बनाइएको बताए ।
नगर कमिटीका अध्यक्ष लक्षीराम केसीको अध्यक्षतामा भएको चामुण्डाबिन्द्रासैनी नगर स्तरीय कार्यालयको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु साबित्री मल्ल, टेकबहादुर खाण, पार्टी जिल्ला अध्यक्ष बरुनाथ योगी, युवा नेताहरु हेमन्त दशौदी, रमेश केसी, सुस्मिता सिंह लगायतको उपस्थिति थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५