महावु गाउँपालिकाले थाल्यो घुम्ती शिविर

दैलेख: महाबु गाउँपालिकाले गरिव घरपरिवारलाई परिचयपत्र वितरण सम्बन्धि ६ दिने घुम्ती शिविर संचालन गरेको छ । मंगलबारबाट गाउँपालिकाका प्रत्येक वडामा घुम्ती शिविर संचालनमा ल्याएको हो ।
गरिव घरघुरी पहिचानको तथा परिचय बितरण कार्यविधि २०७५ बमोजिम भुमि ब्यबस्था, सहकारी तथा गरिबी निर्माण मन्त्रालयबाट प्राप्त गरिव घरपरिवार परिचयपत्र बितरण सम्बन्धि ६ दिने महाबुमा घुम्ती शिविर संचालन गरेको गाउँपालिका अध्यक्ष लछुमन गरुङ्गले बताए ।


मंगलबार गाउँपालिकाको १ नं. वडा कार्यलयमा एक अनौपचारिक कार्यक्रम बीच कार्यक्रमको सुरुवात गरिएको छ । गाउँपालिका अध्यक्ष, लछुमन गुरुङले, र उपाध्यक्ष मन्जु शर्मा पाण्डेले १ नं. वडाका प्रेमबहादुर मेदासीलाई गरिव परिवारलाई परिचयपत्र बितरण गर्दै कार्यक्रमको सुरुवात गरेका थिए ।
मंगलबार भएको कार्यक्रबाट सुरुभएको गरिव परिवारलाई परिचयपत्र बितरण बुधबार वडा नं. २ हुदै क्रमश ६ वटा वडाहरुमा संचालन हुने गाउँपालिकाले जनाएको छ ।
वडा नं. १ मा १ सय २७ जना गरिव घरघुरी छनोट भएका थिए भने गाउँपालिका भरी एक हजार ३८ जनाले गरिव परिचयपत्र पाउने छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५