दैलेख : दैलेखमा बोलेरो जिप दुर्घटना भएको छ । बुधबार जिल्लाको बेस्तडा बजारबाट दैलेख सदरमुकाम आउँदै गरेको जिप लोहोरेमा दुर्घटना भएको हो ।
बेस्तडा बजारबाट विहान ११ जनालाई लियर आएको जिप लोहोरेको कट्टी खोला (बेस्तडा,बडाभैरव) मोडमा दुर्घटना हुँदा चालको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
लु २ च ४८२९ नम्वरको गाडि दुर्घटना हुदाँ चालक तथा गाडि मालिक भगवतीमाई गाउँपालिका वडा नं. ६ घर घई बेस्तडामा पसल गर्दै आएका करिब ३० बर्षिय कृष्ण रोकायको घटना स्थलमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएपी भुवनेश्वर शाहले जानकारी दिए । उनका अनुसार ८ जना घाइते भएको र २ जना बच्चालाई भने केही भएको छैन् ।
घाइते मध्ये ३ जनालाई सुर्खेत रिफर गरिएको छ, अन्यलाई जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले बताए अनुसार गाडि दुर्घटनाको कारण भने अनुसन्धान भईरहेको छ ।




खुल्ला प्रेस । २१ पुष २०७८, बुधबार १०:५७